ad ad

समाज


ट्रकले सात मोटरसाइकललाई ठक्कर दिँदा सातको मृत्यु

ट्रकले सात मोटरसाइकललाई ठक्कर दिँदा सातको मृत्यु

एजेन्सी
असार ८, २०७६ आइतबार ७:४५,

अमेरिकामा एक पिकअप ट्रकले ७ वटा मोटरसाइकललाई ठक्कर दिँदा ७ मोटरसाइकल चालकको मृत्यु भएको छ।

शुक्रबार स्थानीय समयअनुसार साँझ साढे ६ बजे न्यु हेमिस्फियर राज्यमा उक्त घटना भएको हो।

रोडोल्फस्थित रुट २ बाट तीव्र गतिमा आइरहेको ट्रकले रुट १ विपरित दिशाबाट तीव्र गतिमै आइरहेका ७ वटा मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट घटनास्थलमै ७ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ। पिकअप ट्रकका चाल २३ वर्षीय भोलोडिमिर जुकोभ्स्की हाल प्रहरीको नियन्त्रणमा छन्।

सातवटा बाइकलाई ठक्कर दिएपछि ट्रकमा आगो लागेको थियो। न्यु हेमिस्फियर राज्यमा बाइक चालकले हेलमेट अनिवार्य लगाउनु पर्ने कानुन छैन। त्यस कारण यहाँ धेरै बाइक चालकको ज्यान जाने गरेको बताइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .