भारतको धौलीगंगा जलविद्युत परियोजनाको जलाशयको बाँध खोलिने भएकाले जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गर्दै जलविद्युत परियोजनाको जलाशयको बाँध जुनसुकै समयमा खोल्ने भारतीय पक्षबाट सूचना आएकाले महाकालीको जलस्तर बढ्न सक्ने भन्दै सजग रहन भनेको हो।
धौलीगंगा जलविद्युत परियोजनको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन बढिरहेको तथा बाँधको स्पिलवे रेडियल गेटको मर्मतको काम समेत गरिरहेको भारतीय पक्षले नेपाली प्रशासनलाई जानकारी दिएको छ।

372
Shares

प्रतिक्रिया