प्रहरीले डेढ लाख बढी साउदी रियालसहित एक जनालाई आइतबार त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
विमानस्थलस्थित ह्यान्ड ब्यागेज जाँचको क्रममा पी९२२६३३३ नम्बरको पासपोर्ट बोकेका भारतीय नागरिक अस्फाक मिर्जा पक्राउ परेका हुन्।
उनी आइतबार साँझ ५ः३० बजे फ्लाई दुवईको उडान नं. एफजेट५७६ मार्फत दुवई जानलागेका थिए। सो क्रममा जाँच गर्दा उनको झोलाबाट ५ सय दरको ३ सय १८ वटा रियाल फेला परेको थियो। प्रहरीका अनुसार उनको साथबाट कुल १ लाख ५९ हजार साउदी रियाल अर्थात् करिब साढे ४८ लाख रुपैयाँ बरामद भएको छ।
उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाइएको प्रहरीले जनाएको छ।
3
Shares

प्रतिक्रिया