चुनावी परिणाम जस्तो आए पनि हङकङ चीनकै होः चिनियाँ विदेशमन्त्री

चुनावी परिणाम जस्तो आए पनि हङकङ चीनकै होः चिनियाँ विदेशमन्त्री

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ८:८,

६ महिनायता जारी सरकार विरोधी प्रदर्शनका बिच भएको निर्वाचनमा १८ जिल्लामध्ये १७ जिल्लामा लोकतन्त्र पक्षधर पार्टीले जित हासिल गरेपछि यस परिणामले हङकङ सरकार र चीनलाई ठूलो धक्का लागेको छ।

यस परिणाम हङकङबासी चीनबाट अलग्गिन चाहेने पक्षको जनमत भएको विश्लेषण गरिएको छ। हाल हङकङमा आन्दोलनकारीको माग मुख्य दुईवटा छन्।

पहिलो उनीहरुले हङकङकी कार्यकारी प्रमुख क्यारी लामको राजिनामा मागेका छन्। दोस्रो उनीहरुले हङकङ स्वतन्त्र हुनुपर्ने बताएका छन्। 

यसैकारण यस मत परिणाम हङकङ सरकार र मुख्य क्षेत्र चीनविरुद्धको आक्रोश भएको जनाइएको छ।

चुनावमा बेइजिङ समर्थक पार्टीले लज्जास्पद हार व्यहोरेपछि चीनले यसबारे प्रतिक्रिया जनाएको छ।

चीनका विदेशमन्त्री वाङ यिले सोमबार भने,‘मत परिणाम जस्तो आए पनि हङकङ चीनकै हो।’

जापान भ्रमण रहेका वाङ यिले त्यहाँका प्रधानमन्त्री सिन्जो आबेसँगको भेटपछि हङकङ निर्वाचनको नतिजाबारे प्रतिक्रिया जनाउँदै भने, ‘यो अन्तिम नतिजा होइन। तर कुरा जे भए पनि यो साफ छ हङकङ चीनको प्रशासनिक क्षेत्र हो।’

हङकङको समृद्धि र दिगोपनमा कसैले धावा बोले त्यो मान्य नहुने उनले बताएको एएफपीले उल्लेख गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .