ad ad

समाज


जेहेन्दार विद्यार्थी एकतालाई आर्थिक सहयोग

जेहेन्दार विद्यार्थी एकतालाई आर्थिक सहयोग

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ६:४०,

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले महाकुलुङ गाउँपालिकाकी जेहेन्दार विद्यार्थी एकता कुलुङको उच्च शिक्षाका लागि आर्थिक सहयोग गरेका छन्।

आइतबार सोलुखुम्बु घर भई काठमाडौँ बसोबास गर्ने पत्रकारहरुसँगको भेटघाट कार्यक्रमबीच कार्कीले डिप्लोमा फार्मेसी अध्ययनरत सोलुखुम्बु निवासी कुलुङलाई एक लाख तीन हजार ३ सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।

आर्थिक अवस्था कमजोर भएका समस्या देख्नुका साथै सानैमा बुवाआमा गुमाएकी र उनको पढाई एकदम राम्रो भएकाले सहयोग गरेको कार्कीले बताए। उनले भने, ‘उनको पढाइ र इमानदारिता हेरेर आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोग गर्नेछु।’

पर्यटन व्यवसायी समेत रहेका कार्कीले २० लाख पर्यटक भित्र्याउन लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सबैले आआफ्नो ठाउँबाट सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

मुलुकको समृद्धिको मुख्य आधार पर्यटन क्षेत्र भएको उल्लेख गर्दै उनले बाह्यमात्रै नभएर आन्तरिक पर्यटन प्रवर्द्धनमार्फत स्थानीय उत्पादनको सदुपयोग गरेर आम्दानी बढाउनुका साथै रोजगारी सिर्जना गर्ने तथा राज्यलाई आवश्यक पूर्वाधार निर्माणमा सकारात्मक दबाब सिर्जना गर्न सकिने बताए।

त्यस्तै देशमा मौलाईरहेको संस्थागत भ्रष्टाचार, प्रशासनिक ढिलासुस्तीलाई पत्रकारिताको माध्यमबाट उजागर गर्दै त्यसको न्यूनिकरणमा लाग्नुपर्ने आवश्यकतासमेत उनले औल्याए। सोही अवसरमा नेपाली कांग्रेस महासमिति सदस्य तथा सोलुखुम्बुका नेता राम बहादुर बस्नेतले विशेष गरी सोलुखुम्बुमा भएको भ्रष्टाचारलाइ सञ्चारमाध्यमले उजागर गर्दै सुसूचित गर्नुपर्ने र सोलुखुम्बुलार्इ भ्रमण वर्ष २०२० को प्रमुख गन्तव्य बनाउन सोलुखुम्बुका सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिए।

उक्त कार्यक्रममा सोलुखुम्बुबाट काठमाडौं आएर पत्रकारिता गर्ने अधिकांश पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .