ad ad

समाज


साउदी राजकुमार सलमानले ज्याकेट लगाएको तस्बिर भाइरल

साउदी राजकुमार सलमानले ज्याकेट लगाएको तस्बिर भाइरल

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ६:२८,

सलमान प्राय आफ्नो देशको पारम्परिक पोशाकमा देखिन्छन्। तर उनले पारम्परिक पोशाकमै ज्याकेट लगाएको यो पहिलोपटक हो।

यस ज्याकेट वेलायती सारा क्लोथिङ ब्राण्डको भएको बीबीसीले जनाएको छ।

सलमानले उक्त ब्राण्डको ज्याकेट लगाएपछि त्यस कम्पनीले ट्वीट गर्दै भनेको छ,‘साँच्चै सबैभन्दा ठूलो विज्ञापन हो यो।’

ट्वीटमा उक्त ज्याकेट ‘राजकुमारको ज्याकेट’ भएको भनेर अरबी भाषामा पनि लेखिएको छ।

प्राय उनी पारम्परिक पोशाकमा देखिने भएकाले नयाँ पोशाक लगाउँदा मानिसलाई अनौठो लागेका कारण पनि हाल सलमानको चर्चा भएको हो।

साउदी राजकुमार पश्चिमा पोशाकमा पहिलोपटक भने देखिएका हैनन्।

उनले यसअघि फेसबुकका संस्थापक मार्क जुकरबर्ग र माइक्रोसफ्टका संस्थापक बिलगेट्ससँग सुट पेन्टमा तस्बिर खिचाएका छन्।

Image

 Image result for saudi prince with mark zuckerberg

Related image

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .