ad ad

कारोबार


नेपाल भ्रमण वर्ष आयोजक समितिको बैठक

नेपाल भ्रमण वर्ष आयोजक समितिको बैठक

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ६:४७,

नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको पाँचौँ बैठक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सुरु भएको छ।

पर्यटनमन्त्री योगेश कुमार भट्टराईको अध्यक्षतामा जारी बैठकमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, पर्यटन बोर्ड सुरक्षा निकायको प्रमुखहरुको उपस्थिति रहेको छ।

बैठकमा सुरक्षा व्यवस्था, कार्यक्रम निर्माण तथा व्यवस्थापन, सचिवालयले गरेका काम सम्बन्धमा छलफल भइरहेको छ।

साथै बैठकमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा नियुक्त हुनुभएका पदाधिकारीलाई स्वागत गरिनेछ। नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा सोलुखुम्बुका बच्चु नारायण श्रेष्ठलाई सदस्य सचिवको रुपमा नियुक्त गरेको छ।

बैठकको अन्त्यमा पर्यटनमन्त्रि भट्टराईले मातहतका सबै निकायलाई निर्देशन दिने कार्यसूची रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .