ad ad

समाज


मोटरसाइकलको नक्कली ब्लुबुक र नम्बर बनाउने पक्राउ

मोटरसाइकलको नक्कली ब्लुबुक र नम्बर बनाउने पक्राउ

नेपालखबर
मंसिर ८, २०७६ आइतबार ९:५३,

सरकारी छाप किर्ते गरी मोटरसाइकलको नम्बर तथा ब्लुबुक बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

चितवनको साविक कल्याणपुर गाविस–६ घर भई हाल काठमाडौं माछापोखरी बस्ने वर्ष २६ को छविलाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद फैसला भएका फरार कसुरदार तामाङलाई प्रहरीले रातोपुलबाट पक्राउ काठमाडौं जिल्ला अदालत मार्फत कारागार कार्यालय सुन्धारा पठाईएको जनाएको छ।

तामाङ लगायतको संलग्नतामा यातायात व्यवस्था कार्यालय विरगञ्जको छाप र शाखा अधिकृतको दस्तखत किर्ते गरी मोटरसाइकल नम्बर र ब्लुबुक समेत नक्कली बनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .