ad ad

राजनीति


उपचुनावमा दुई राप्रपा मिलेर जाने

उपचुनावमा दुई राप्रपा मिलेर जाने

नेपालखबर
मंसिर ८, २०७६ आइतबार ९:४०,

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (संयुक्त) ले आफ्ना उमेदवार नभएका निर्वाचन क्षेत्रमा एकअर्काको उमेदवारलाई सहयोग गर्ने भएका छन्।

थापाले शनिवार सामाजिक सञ्जालमार्फत् आफ्ना कार्यकर्ता तथा समर्थकलाई राप्रपाकाे उमेदवार नभएका स्थानमा राप्रपा संयुक्तको पक्षमा प्रचार र मतदान गर्न आह्वान गरेपछि, आइतवार राणाले समेत आफ्नो पार्टी पंक्तिलाई त्यस्तै आह्वान गरेका हुन्।

‘मंसिर १४ गतेको उपनिर्वाचनको सन्दर्भमा राप्रपा अध्यक्षको ट्विटको स्वागत गर्दैै सो उपनिर्वाचनमा राप्रपा (संयुक्त) को उमेदवारी नपरेका ठाउँहरुमा राप्रपाका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षका उमेदवारहरुलाई सक्रीयरुपमा सघाउन राप्रपा (संयुक्त) का सबैलाई आग्रह गर्दछु,’ राणाले आइतबार ट्विटरमा घाेषणा गरेका छन्।

यसअघि शनिवार थापाले आफ्नो ट्विटमा लेखेका थिए, ‘राप्रपाको उमेदवार नभएका स्थानमा आगामी उपचुवावमा समान बिचारधारा भएको राप्रपा ‘संयुक्त’ को पक्षमा प्रचार गर्न र मतदान गर्न म राप्रपाका कार्यकर्ता,सहयोगी र समर्थकहरुलाई आह्वान गर्दछु। यस्तै सद्भाव, सहयोग राप्रपा ‘संयुक्त’बाट प्राप्त हुने आशा र बिश्वास गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .