समाज


पल शाह प्रकरण: बयान फेर्ने पीडितलाई हुनसक्छ आधा सजाय

पल शाह प्रकरण: बयान फेर्ने पीडितलाई हुनसक्छ आधा सजाय

नेपालखबर
बैशाख ५, २०७९ सोमबार २०:३२, काठमाडौँ

अभिनेता पल शाहबाट बलात्कृत भनिएकी नाबालिगले बकपत्रका बेला एकाएक बयाान फेरेपछि घटनाले नयाँ मोड लिने अनुमान गरिएको छ। 

आइतबार तनहुँ जिल्ला अदालतमा बकपत्र गर्ने क्रममा पीडित भनिएकी बालिका र जाहेरीवाला उनका बुबासमेतले बलात्कार नभएकार अरुकै दबाब र प्रभावमा त्यस्तो मुद्दा हालेको बयान दिएका हुन्। 

उक्त बयान पहिले प्रहरीमा दिइएको जाहेरी र गरिएको कागज तथा सरकारी वकिलको कार्यालयले अदालतमा दर्ता गराएको अभियोगपत्रमा उल्लिखित विवरणको विपरीत हो। 

जबर्जस्ती करणी मुद्दाका जाहेरवालाले अदालती प्रक्रियामा बयान बदले कठोर सजाय हुने हुने कानुनी व्यवस्था छ। 

ऐन हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन गर्न जारी अध्यादेशले झुटा उजुरी तथा बकपत्र गर्ने दुवैलाई सजायको व्यवस्था गरेको हो। अध्यादेशअनुसार यस्ता उजुरीकर्ता तथा बकपत्र गर्ने व्यक्तिलाई कसुरदारलाई हुने न्यूनतम सजायको आधा दण्ड हुनेछ।

अध्यादेशले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४४ मा संशोधन गर्दै सजायको व्यवस्था थप गरेको हो।

कारबाहीका लागि बाधा नपर्नेसम्बन्धी व्यवस्था थप्दै भनिएको छ, ‘खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए पनि जबर्जस्ती करणीसम्बन्धी मुद्दाको झुटा उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई जबर्जस्ती करणीसम्बन्धी कसुर गर्ने कसुरदारलाई हुने सजायको आधा गर्नू।’ 

मुलुकी अपराध संहितामा बलात्कारमा उमेरअनुसार फरक-फरक दण्ड सजायको व्यवस्था छ।

संहिताअनुसार १४ वर्षदेखि १६ वर्षसम्मका किशोरीको बलात्कारको कसुरमा कसुरदारलाई १२ देखि १४ वर्षसम्म सजाय हुने प्रावधान छ। यस्ता कसुरका घटनामा बयान फेरेमा न्यूनतम १२ वर्षको आधा ६ वर्ष सजाय हुनेछ।

पल प्रकरणमा पीडित भनिएकी बालिका यही उमेर समूहकी हुन्। 

याे कानुनअनुसार सम्भावनाकाे कुरा हाे। तर न्यायधीशले कस्ताे निर्णय गर्छन्, त्यसमा भर पर्नेछ- पीडक वा पीडित कसले कति दण्ड सजाय पाउँछन् भन्ने कुरा। 

यो पनि : ​पल शाह प्रकरणमा नयाँ मोड: पीडित ‘होस्टाइल’ हुनु भनेको के हो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad