समाज


पल शाह प्रकरणमा नयाँ मोड: पीडित ‘होस्टाइल’ हुनु भनेको के हो?

पल शाह प्रकरणमा नयाँ मोड: पीडित ‘होस्टाइल’ हुनु भनेको के हो?

नेपालखबर
बैशाख ५, २०७९ सोमबार ८:३९, काठमाडौँ

अभिनेता पल शाहबाट बलात्कार भएको भन्दै मुद्दा हालेकी नाबालिगले एकाएक बयान फेर्दै आफू पीडित नभएको भनेपछि घटनाले नयाँ मोड लिएको छ। 

आइतबार तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा पीडित नाबालिग र उनका बुबाले बलात्कार नभएको तर अरुको दबाब र प्रभावमा त्यस्तो मुद्दा हालेको भन्दै बयान फेरेका हुन्। 

तर पीडित पक्षबाट बहस गरिरहेका वकिलहरूले आश्चर्य प्रकट गर्दै पीडित ‘होस्टाइल’ भएको दाबी गरिरहेका छन्। 

के हो त होस्टाइल भनेको? 
अभियोगपत्रमा गरिएको मागदाबीअनुसार पीडितले अदालतमा जाहेरी तथा प्रहरीमा गरेको कागजलाई पुष्टि गर्ने बकपत्र गर्नुको साटो त्यसलाई झुटा ठहर्याउने बयान दिनुलाई होस्टाइल बकपत्र भनिन्छ। 

यसअघि पीडित पक्षबाट प्रहरीमा पीडकको अत्याचार र पीडाको व्याख्या गर्दै उसलाई दण्ड–सजाय र आफूलाई न्याय दिलाउन माग गरी जाहेरी दिइएको हुन्छ। यसैलाई समर्थन हुनेगरी पीडितले प्रहरीसमक्ष कागजसमेत गरेको हुन्छ।

अनि पीडित, जाहेरीवाला तथा साक्षीका बकपत्र, घटनास्थल मुचुल्कामा प्राप्त वस्तुगत वैज्ञानिक तथ्य, संकलित प्रमाण, पीडितको शारीरिक परीक्षणको रिपोर्ट,  किटानी जाहेरी तथा अनुसन्धान अधिकारीद्वारा संकलित अन्य प्रमाण आदिका आधारमा पीडकलाई दण्ड–सजाय तथा पीडितलाई न्याय दिलाउन सरकारी वकिलले अदालतमा अभियोगपत्र दायर गर्छन्।

सोहीअनुसार अदालतमा पीडितले बकपत्र गर्नुपर्नेमा जब कुनै दबाब वा प्रभावमा परेर उल्टो बयान दिन थाल्छन्, तब त्यसलाई होस्टाइल बकपत्र भनिन्छ। 

त्यसमा पनि अन्य अपराधमा भन्दा बलात्कारकै घटनामा बकपत्र बढी होस्टाइल भएको पाइन्छ। 

यो पनिपल शाह प्रकरणः पीडितले एकाएक बयान फेर्नुको कारण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .