समाज


पल शाह प्रकरणः पीडितले एकाएक बयान फेर्नुको कारण

पल शाह प्रकरणः पीडितले एकाएक बयान फेर्नुको कारण

नेपालखबर
बैशाख ५, २०७९ सोमबार ७:०, काठमाडौँ

बलात्कार मुद्दामा तनहुँ जिल्ला कारागारमा थुनिएका अभिनेता पल शाहको प्रकरणले नयाँ मोड लिएको छ। 

आफूलाई बलात्कार गरेको भन्दै दुई दुई ठाउँमा जाहेरी दिएकी नाबालिगले आइतबार तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा एकाएक बयान परिवर्तन गरेपछि घटनाले नयाँ मोड लिएको हो। 

बयानमा उनले आफूलाई पलले बलात्कार नगरेको तर अरुको दबाब र प्रभावमा मुद्दा हालेको भनेकी हुन्। 

तर उनका पक्षमा बहस गरिरहेका अधिवक्ताले भने यसलाई अस्वाभाविक ठानेका छन्। पीडितका पक्षमा लडिरेहका एक अधिवक्ताले पलको परिवारले बिहेको आश्वासन दिएपछि पीडितले बयान फेरेको दाबी गरेका छन्।

उनका अनुसार पलकी बहिनीले पीडितलाई भेटेर दुई जनाको बिहे गराउने प्रतिबद्धता व्यक्त गरेपछि बयान परिवर्तन भएको हो। यसले आफूहरूलाई आश्चर्यमा पारेको उनी पक्षका वकिलले बताएका छन्।

यो पनिपल प्रकरणमा पीडितले बयान फेरेपछि मोहना अन्सारी: ‘पुरुषार्थको विजय कसरी हुन्छ, आज साक्षी भइयो’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .