समाज


सप्तरीमा टिपरले बोलेरोलाई ठक्कर दिँदा चालकको मृत्यु, ५ जना घाइते

सप्तरीमा टिपरले बोलेरोलाई ठक्कर दिँदा चालकको मृत्यु, ५ जना घाइते

शैलेन्द्र महतो
चैत १८, २०७८ शुक्रबार ९:२५, जनकपुरधाम

सप्तरीमा टिपरले विद्युत कार्यालयको बोलेरोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्। 

दुर्घटनामा बोलेराका चालक सप्तरी बोदेबर्साइन नगरपालिका ५ का २६ वर्षीय शिवराज यादवको मृत्यु भएको हो। 

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका ५ रञ्जितपुरमा पूर्व जाँदै गरेको विद्युत् कार्यालय (बोदेबर्साइन, सप्तरी) को प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई पछाडिबाट ना ७ ख २६५८ नम्बरको टिपरले ठक्कर दिएको हो। दुर्घटना बिहीबार अपराह्न साढे ४ बजे भएको हो। 

दुर्घटनामा बोदेबर्साइन नगरपालिका १० का ३० वर्षीय शैलेश यादव, वर्ष ३० का महेश चौधरी, वडा नं. ५ बस्ने वर्ष २६ का वृजेशकुमार यादव, वर्ष ३० का जय शंकर साह र सिरहा लहान नगरपालिका ८ बस्ने वर्ष ३५ को अरुणकुमार सिहं घाइते भएका हुन्। 

शव पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .