नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाह अन्ततः पुर्पक्षका लागि बिहीबार कारागार चलान भएका छन्।
थुनछेक बहसपछि उनलाई तनहुँ जिल्ला अदालतले जेल पठाउन आदेश दिएको हो।

पीडितका पक्षमा र पललाई जेल पठाउनेगरी बहस गर्ने अधिवक्ता यस प्रकार छन् :
–सरकारका तर्फबाट तनहुँ जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा र सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी।
–जाहेरवालाका तर्फबाट अधिवक्ताहरू एक नारायण गौतम, मोहना अन्सारी, शिवराज काफ्ले, किशोर सापकोटा, राधिका खतिवडा, विमल प्रसाद लामिछाने र सरिता तिवारी।
पीडितका विपक्ष र पलका पक्षमा बहस गर्ने वकिलचाहिँ यी हुन् :
–वरिष्ठ अधिवक्ता लव मैनाली, कमलामोहन वाग्ले, यदुनाथ खनाल, परशुराम गिरी, जगदीशचन्द्र पाण्डे, यज्ञबहादुर राना, भानुभक्त सुवेदी, गोकुल भण्डारी, सरिता थापा भण्डारी, माधव घिमिरे, रामचन्द्र (आर सी) गौतम र विपिन सुवेदी।
Shares

प्रतिक्रिया