समाज


बाक्लो धुवाँले ढाक्यो अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नी

बाक्लो धुवाँले ढाक्यो अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नी

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार ३:४०,

अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नी यतिबेला बाक्लो धुवाँले ढाकेको छ।

वरपरका क्षेत्रमा लागेको डढेलोका कारण सिड्नीमा धुवाँ फैलिएको हो।

बीबीसीका अनुसार रातभरि चलेको वायुले सहरको उत्तरतर्फबाट धुवाँ ल्याएपछि सिड्नीको वायु प्रदुषणको मात्रा खराब भएको अधिकारीहरूले बताएका छन्।

बिहान उठ्दा धमिलो आकाश देखेको र घरमा धुवाँको गन्ध आएको कुरा स्थानीय बासिन्दाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

 109738581 hi058090606

न्यु साउथ वेल्सको राजधानी सिड्नीमा करिब ५० लाख मानिस बस्छन्।

न्यु साउथ वेल्सको उत्तरी क्षेत्रमा हप्तौंदेखि फैलिएको डढेलोका कारण ६ जनाको मृत्यु भइसकेको छ।

सिड्नीको उत्तरतर्फका झन्डै ५० स्थानमा डढेलो फैलिएको छ। अधिकारीहरूले यो हप्ता डढेलो अझै बढ्न सक्ने बताएका छन्।

उनीहरूले छिमेकी क्वीन्सल्यान्ड राज्यमा बढ्ने तापक्रमले यसलाई अझै खतरनाक बनाउन सक्ने बताएका छन्।

साउथ अस्ट्रेलिया राज्यले आगोबाट विनाशकारी खतरा आउन सक्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad