समाज


संखुवासभा दुर्घटना : घाइतेको उद्धार गर्न काठमाडौंबाट हेलिकप्टर लगिँदै

संखुवासभा दुर्घटना : घाइतेको उद्धार गर्न काठमाडौंबाट हेलिकप्टर लगिँदै

फाइल फाेटाे


नेपालखबर
फागुन २६, २०७८ बिहिबार १२:१०, काठमाडौँ

सङ्खुवासभाको मादी नगरपालिका–६ स्थित सात घुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा घाइते भएकाको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर पठाइने भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि उद्धारका लागि होलिकप्टर पठाइने भएको हो। 

उनले गृहसचिव टेकनारायण पाण्डे र सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाको यथाशीघ्र उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएका हुन्। 

‘मन्त्रीबाट घाइतेको हेलिकप्टरबाट उद्धार गर्न निर्देशन भएको छ, हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकप्टर उद्धारका लागि पठाउने तयारी गरिरहेका छौँ’, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने। 

सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुने १४ पुगेको छ । पाँच जना गम्भीर घाइते छन्। घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर लगिएको छ। चैनपुरबाट हेलिकप्टरमा धरान पुर्‍याउने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए। 

घटनास्थल जिल्ला सदरमुकामबाट ६० किलोमिटर टाढा छ । गाडी सड्कबाट ३०० मिटर तल खसेको प्रजिअ खतिवडाले जानकारी दिनुभयो । यात्रुहरू कति थिए भन्ने यकिन नभएकाले खोजीकार्य भने जारी नै छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .