ad ad

समाज


बैतडीमा दुर्घटना : मृतकको संख्या ४ पुग्यो

बैतडीमा दुर्घटना : मृतकको संख्या ४ पुग्यो

गोकुल जोशी
फागुन ९, २०७८ सोमबार १९:३४, महेन्द्रनगर

बैतडीमा सोमबार टिपर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ। पाटन नगरपालिका–३ झालिमालीमा टिपर दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

घाइते पाटन नगरपालिका–३ का १२ वर्षीय राजेश प्रसाद पन्तको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

उनका अनुसार यसअघि घटनास्थलमै पाटन नगरपालिका–३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थीको मृत्यु भएको थियो।

स्थानीय गरुडा भन्ने ठाउँबाट पाटनतर्फ गइरहेको बा ३ ख ४८७९ नम्बरको टिपर सोमबार पाटन नगरपालिका–३ झालिमालीमा दुर्घटनामा परेको हाे। टिपर सडकबाट २ सय मिटर तल खसेको छ।

दुर्घटनामा घाइते ४ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। पाटन नगरपालिका–३ का १२ वर्षीय सुनिल भट्ट, १२ अनिल बिष्ट र १३ वर्षीय सुदिप पन्त दुर्घटनामा परेर घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .