राजनीति


निर्वाचन भाँड्न प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : शंकर पोखरेल

एमसीसीबारे सत्ता गठबन्धनमाथि उठाए प्रश्न
निर्वाचन भाँड्न प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : शंकर पोखरेल

फाइल तस्बिर


नेपालखबर
फागुन २, २०७८ सोमबार १६:८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र अन्तर्गत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको आरोप लगाएका छन्। 

ललितपुरमा सोमबार आयोजित ‘संसदीय अभ्यास र बाह्य सम्बन्ध’ विषयक ज्ञान गोष्ठी संवादमा उनले आगामी वैशाख ३० का लागि तय गरिएको निर्वाचन सार्ने षडयन्त्र अन्तर्गत महाअभियोग प्रस्ताव दर्ता भएको आरोप लगाएका हुन्। 

महासचिव पोखरेलले अमेरिकी सहायता परियोजना एमसीसीबारे पाँच दलीय गठबन्धनबीच समान धारणा नबनेको प्रति प्रश्न गरे। 

‘एमसीसी सम्झौता गर्ने बेला हामीले हाम्रो चासोलाई कति ध्यान दिन सकेका छौँ?,’ उनले प्रश्न गर्दै भने, ‘हाम्रो कमजोरी हामीले नै सुधार्नु पर्छ। बुझेर मात्रै सम्झौता गर्नुपर्छ। सत्ता गठबन्धनभित्र एउटै विचार हुनुपर्छ, त्यो किन भएन?’ 

नेपालका राजनीतिक दलहरु विदेशी शक्तिको स्वार्थमा चल्ने गरेको आरोप लगाउँदै महासचिव पोखरेलले मुलुकमा अस्थिरता देखिएको बताए। 

‘हामीकहाँ धेरै पार्टी भए। तिनीहरु विदेशी शक्तिको स्वार्थमा चले,’ उनले भने, ‘त्यसैले स्थिरता भएन। अब बलिया पार्टी चाहियो।’ 

छिमेकसँगको सम्बन्धलाई सन्तुलनमा राख्नु पर्ने भन्दै पोखरेलले विदेश सम्बन्ध जति फराकिलो हुनसक्यो त्यति छिमेक सम्बन्ध राम्रो हुने जिकिर गरे। 

जनताको बीचमा राष्ट्रवादको कुरा गर्ने तर विदेशीसँग आफ्नो कुरा राख्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad