समाज


सिमकोटमा हवाई सेवा पुनः सुरू

सिमकोटमा हवाई सेवा पुनः सुरू

नेपालखबर
फागुन १, २०७८ आइतबार ८:२४, काठमाडौँ

हावाहुरीका कारण अवरूद्ध हुम्लाको हवाई सेवा पुनः सुरु भएको छ।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले हावाहुरीले अवरूद्ध हवाई सेवा शनिबारदेखि नियमित भएको जनाएको छ।

हावाहुरीले एक दिन उडान अवरूद्ध भएको थियो। 

हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाई सेवा थालिएको हो।

समिट, सीता र ताराका जहाजले उडान गरिरहेका छन्। सिमकोट विमानस्थलमा रहेको जडीबुटीसमेत ढुवानी भएको छ। 

हावाहुरीले शुक्रबार सिमकोट विमानस्थलमा अवतरण हुन नसकेर सीता एयरको जहाज फिर्ता भएको थियो। त्यस्तै तारा र समिट एयरका जहाज पनि सिमकोट प्रवेश नगर्दै नेपालगञ्ज फिर्ता भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .