ओडिशा राज्यको विद्यालय तथा जन शिक्षा विभागले हालै सार्वजनिक गरेको एक पुस्तिकामा गान्धीको मृत्यु हत्याबाट नभएको जनाएको छ।
रंगीन पुस्तिकाहरु राज्यका सबै विद्यालयहरुमा बाँडिएका छन्। गान्धी सम्बन्धी जानकारी दिइएको दुई पृष्ठको पुस्तिका गान्धीको १ सय ५० औं जन्मोत्सवको अवसरमा प्रकाशन गरिएको द वाइरले जनाएको छ।
उक्त पुस्तिकामा गान्धीको निधन बिर्ला हाउस नयाँ दिल्लीमा सन् १९४८ जनवरी ३० मा ‘संयोग’ ले भएको जनाइएको छ।
गान्धीको हत्या भएको इतिहास भारतमा लेखिएको छ। नाथुराम गोड्सेले जनवरी ३० सन् १९४८ मा बिर्ला हाउसमा संयौ मानिसको अगाडि गान्धीमाथि गोली हानेका थिए। गोड्सेलाई पछि मृत्युदण्ड दिइएको थियो।

त्यस सरकारी पुस्तिकामा गान्धीको हत्या नभएर उनको संयोगले मृत्यु भएको लेखिएपछि चौतर्फी आलोचना सुरु भएको छ।
गान्धीको हत्याबारे गलत सूचना दिएको भन्दै यतिबेला ओडिशामा सरकारको आलोचना भइरहेका छन्।
अधिकारकर्मी तथा बौद्धिक वर्गले ओडिशा सरकारले युवा पुस्तालाई गलत सूचना दिएर इतिहास परिवर्तन गर्न खोजेको अरोप लगाएका छन्।
यो पनिः जब गान्धी धोतीमै बेलायती राजदरबार पुगे


प्रतिक्रिया