प्रहरीले मन्दिरको घण्टा र चन्दा बाकस चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ।
मध्यपुर ठिमी नगरपालिका–१, लोकन्थलीस्थित गणेश मन्दिरको चन्दा बाकस र घण्टी चोरी गर्दै गरेको अवस्थामा ललितपुर टीकाथली बस्ने सिन्धुली घर भएका सागरबहादुर कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
कार्कीले उक्त मन्दिरको बाकस र घण्टी चोरी गर्दै गरेको अवस्थामा स्थानियवासीले फेला पारी प्रहरीलाई खबर गरेका थिए। स्थानीयबासीको खबरपछि पुगेको महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले उननलाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रतिक्रिया