ad ad

समाज


यातायात कार्यालयमा अख्तियारको छापा, घुस रकमसहित शाखा अधिकृत पक्राउ

 यातायात कार्यालयमा अख्तियारको छापा, घुस रकमसहित शाखा अधिकृत पक्राउ

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार ७:१५,

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले यातयात व्यवस्था कार्यालयमा छापा मारेको छ।

बुधबार आयोगको टोलीले यातयात व्यवस्था कार्यालय काठमाडौँमा छापा मारी मोटरसाइकल शाखाका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईलाई घुस रहमसहित नियन्त्रणमा लिएको छ।

अधिकृत भट्टराईले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत मोटरसाइकल पास गर्न सहज गरी दिने भन्दै घुस रकम माग गरिरहेको सूचनाका आधारमा पुगेको अख्तियाराको टोलीले उनलाई तीन हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो।

आयोगको कार्यालय टंगालबाट गएको टोलीले घुस रकमसहित शाखा अधिकृत भट्टराई र घुस दिने रिकन्डिसन हाउसका प्रतिनिधिहरु किरण देउला, उत्तमबिक्रम शाही, रमेशकुमार केसी खड्का र सुरेश छुस्याकीलाई यातायात व्यवस्था कार्यालयको मोटरसाइकल शाखाबाटै पक्राउ गरेको हो।

पक्राउ परेका पाँचै जनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको आयोगले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .