ad ad

राजनीति


ब्रिक्स सम्मेलनमा मोदी र पुटिनले भारत–रुस सम्बन्धको समिक्षा गरे

ब्रिक्स सम्मेलनमा मोदी र पुटिनले भारत–रुस सम्बन्धको समिक्षा गरे

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार ७:२६,

उनीहरुले भारत र रुसको आपसी सम्वन्धका बारेमा समिक्षा गर्दै दुई देशको मित्रतालाई अझ मजबुद गराउने बारेमा छलफल गरेको बताइएको छ। ब्राजिलमा आयोजित ११औँ “ब्रिक्स” सम्मेलनका लागि आएको बेला दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो।

उनीहरुले दुई देशको व्यापारका बारेमा पनि कुराकानी गरेको भारतको विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।

भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले भने, “राष्ट्रपति पुटिनसँगको भेटवार्ता अत्यन्त उत्कृष्ट भयो।” “हामीले भेटवार्ताका क्रममा भारत र रुसको सम्वन्धलाई अझ बलियो कसरी बनाउने भन्ने बारेमा कुराकानी गरेका छौँ,” उनले भने।

विश्वकै प्रभावशाली मानिने नेताहरु मध्ये यी दुई नेताको भेटघाट अहिले फेरी झण्डै दुई महिनापछि भएको हो। प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनले तेल र प्राकृतिक ग्याँसको स्थायित्व र बृद्धिका बारेमा पनि छलफल गरेको बताइएको छ।

दुई दिने औपचारिक भ्रमणका लागि मोदी बुधबार ब्राजिल पुगेका हुन्। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको साझा मञ्च मानिने “ब्रिक्स”को सम्मेलनमा सहभागीता जनाउन ती देशका नेताहरु ब्राजिलमा भेला भएका छन्।

ब्रिक्सको यो ११औँ सम्मेलनमा डिजिटल अर्थतन्त्र, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच देशको रणनीतिक भूमिकाका बारेमा बढी छलफल हुने जनाइएको छ।
त्यसैगरी आतङ्कवादविरुद्ध संयुक्त रुपमा लड्ने संयन्त्र बनाउने विषय पनि यस सम्मेलनको प्राथमिकताको विषय भएको बताइएको छ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री मोदीले यो सम्मेलनबाट ब्रिक्सका सदस्य राष्ट्रहरु सांस्कृतिक तथा आर्थिक पक्षबाट पनि जोडिने विश्वास व्यक्त गरेका थिए।

सम्मेलनका क्रममा मोदी र पुटिनसँगै चीनका राष्ट्रपति सि चिनफिङ, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलगायतका शीर्ष नेताहरुका बीचमा पनि भेटवार्ता तथा छलफल हुने कार्यक्रम रहेको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .