बझाङको चिरवित्थड गाउँपालिका-८ का सचिव दत्तराम अवस्थीमाथि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले मोसो दलेकोमा नेपाल निजामति कर्मचारी युनियनले आपत्ति जनाएको छ।
उक्त घटनाप्रति कर्मचारी युनियनले ध्यानाकर्षण भएको जनाएको छ। युनियनका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले मंगलबार विज्ञप्ति निकालेर बझाङको चिरबित्थड गाउँपालिकामा राष्ट्रसेवकमाथि भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
अवैधानिक रुपमा माग गरिएको चन्दा नदिएको र ब्यक्तिगत रिसिबीका कारण वडा सचिव लगायतलाई कार्यालयको काममै रहँदा केही व्यक्तिहरुले अमानवीय र अभद्र व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ।
उपमहासचिव फुयाँलले राष्ट्रसेवक कर्मचारीलाई आस्था र अन्य व्यक्तिगत कारण सामाजिक रुपमा दुर्व्यवहार गर्नु गैह्र कानुनी भएको जनाउँदै यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न सरकारसँग पनि माग गरेका छन्।
उनले राष्ट्रसेवकलाई निष्पक्ष, तटस्थ, भयमुक्त र स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाउँदै राष्ट्रसेवकको जीउधनको सुरक्षा गर्न पनि पनि माग गरेका छन्।

Shares

प्रतिक्रिया