अमेरिकाले चीनमा हुन गइरहेको शीतकालीन ओलम्पिकमा २२२ खेलाडी पठाउने भएको छ।
सोमबार ओलम्पिक तथा पारालम्पिक कमिटीले सोमबार यस्तो घोषणा गरेको हो।
अमेरिकाले अहिले पठाउन लागेको खेलाडीमा ११५ जना पुरुष र १०७ जना महिला छन्।
अमेरिकाको ओलम्पिक टोलीमा यस वर्ष सबैभन्दा धेरै महिलाको सहभागिता हुन लागेको हो।
अमेरिकाको ओलम्पिक टोलीका सबैभन्दा कान्छो प्रतिस्पर्धी अलिसा लिउ रहेकी छिन्। प्रतिस्पर्धामा भाग लिने दिन उनी १६ वर्ष ६ महिना पुग्नेछिन्।
बेइजिङ शीतकालीन ओलम्पिक फेब्रुअरी ४ देखि २० सम्म हुँदै छ। अमेरिकाले यसपटकको शीतकालीन ओलम्पिक कूटनीतिकरुपमा बहिष्कार गरेको छ।
54
Shares
प्रतिक्रिया