ad ad

समाज


उपत्यकामा तीन जिल्लामा थपिए ५२ सय ९९ संक्रमित

उपत्यकामा तीन जिल्लामा थपिए ५२ सय ९९ संक्रमित

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०७८ शुक्रबार १६:५३, काठमाडौँ

संघीय राजधानी काठमाडौं उपत्यकाका तीन जिल्लामा ५२ सय ९९ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपडेट अनुसार काठमाडौंमा सबैभन्दा धेरै ४२७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनालाई संक्रमण भएको छ। 

काठमाडौं उपत्यकापछि प्रदेश १ का झापा, मोरङ, सुनसरीमा उच्च संक्रमण देखिएको छ। उता गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा पनि कोरोना उच्च गतिमा फैलिएको छ।

पछिल्लो २४ घण्टामा २३ हजार परीक्षण हुँदा १० हजार ७३० जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .