ad ad

समाज


उपचारको व्यवस्था मिलाइदिन थैलेसिमिया पीडितको याचना

उपचारको व्यवस्था मिलाइदिन थैलेसिमिया पीडितको याचना

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार ९:३६,

थैलेसिमिया रोगका पीडितहरुले यस रोगको उपचारमा सहुलियतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

थैलेसिमिया रोगका पीडितहरुले यस रोगको उपचार सबै अस्पतालमा हुने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए। नेपालमा यो रोगको उपचार सुलभ रुपमा नहुने र सबै अस्पतालमा यो सेवा उपलब्ध नभएपछि पीडितहरुले यस रोगको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन्। यो रोगबाट पीडित पारसनाथ मिश्राले यस रोगको उपचारका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताएका छन्।

‘सांग्रीला का युवा’ नामक संस्थाले हालै काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी यस रोगका पीडितको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरेको थियो। बजारमा दसैं, तिहार, छठलगायतका पर्वका कारण रगतको अभाव भएपछि सो संस्थाले यस रोगको पीडितको सहयोगार्थ रक्तदान कार्यक्रम समेत आयोजना गरिएको संस्थाका अध्यक्ष सुनिल सिमरियाले जानकारी दिए।

नेपालमा हाल २ सय ५० देखि ३ सयसम्म थैलेसिमियाका विरामी रहेको अनुमान गरिएको अनुमान छ। त्यसमध्ये हाल एक सय ८५ जनाले बिभिन्न अस्पतालमा उपचार गराइरहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। चिकित्सकहरुका अनुसार रगतमा हेमोल्लोबिनको कमी भएपछि यो रोग लाग्ने गर्दछ। यो रोग लागेका मानिसमा जीवनभर रगत चढाउनुपर्ने भएकाले यसको उपचार पद्धति महंगो छ। पीडित मिश्राले यसको सामान्य उपचार लागि मात्रै मासिक ३० हजारसम्म खर्च गर्नुपर्ने बाध्यता रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .