ad ad

कला


चलचित्र कलाकार संघले दौड प्रतियाेगिता गर्ने

चलचित्र कलाकार संघले दौड प्रतियाेगिता गर्ने

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार ९:४३,

नेपाल चलचित्र कलाकार संघ र कान्ति सांस्कृतिक केन्द्रले संयुक्त रुपमा वातावरणीय स्वच्छताका लागि दौड कार्यक्रम गर्ने भएका छन्।

यही कात्तिक ३० गते बिहान ७ बजे हुने कार्यक्रममा कलाकार, गायक, गायिका तथा मोडल सहभागी हुनेछन्। यसले भिजिट नेपाल २०२० र वातावरणीय स्वच्छताका लागि मद्दत पुग्ने संघले जनाएको छ।

प्रतियोगितात्मक दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेले पुरस्कार र प्रमाणपत्र पाउने संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए। रिभेल इभेन्ट प्रालिले कार्यक्रमको व्यवस्थापन मिलाएको छ।

दौड प्रहरी तालिम केन्द्रको अगाडि कान्ति सांस्कृतिक केन्द्रको कार्यालयबाट सुरु भई लाजिम्पाट पुगेर पुनः सोही स्थानमा आई सकिने कान्ति सांस्कृतिक केन्द्रका अध्यक्ष चन्दन ढकालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .