हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन तर यतिबेला (आइतबार बिहान) पहाडी भेगमा मौसम आंशिक बदली छ भने तराईका केही स्थानमा बाक्लो हुस्सु/कुहिरो लागेको जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनसार आज दिउँसो (भन्नाले दिनभर) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहनेछ।
यस्तै राति (भन्नाले रातभर) गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।
बुलेटिनअनुसार सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ।
यस्तै राति देशभर आंशिक बदली रहने छ।
यस्तै मंगलबार दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहने छ। यस दिन देशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात पनि हुने सम्भावना छ।
यसैगरी मंगलबार राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भेगमा मौसम आंशिक बदली रहनेछ। पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बुलेटिनअनुसार प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
जसमा भनिएको छ : देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares

प्रतिक्रिया