समाज


भक्तपुरबाट ५३ किलो गाँजासहित तीन जना पक्राउ

भक्तपुरबाट ५३ किलो गाँजासहित तीन जना पक्राउ

नेपालखबर
माघ २, २०७८ आइतबार ६:४०, काठमाडौँ

भक्तपुर प्रहरीले लागूऔषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका ५ का ३७ वर्षीय लक्ष्मीनारायण देउला, सूर्यविनायक नगरपालिका ८ का ५८ वर्षीया प्रिती तामाङ र ५२ वर्षीय खड्गबहादुर तामाङ छन्। 

सुरुमा भक्तपुर नगरपालिका ७ खसिबजार पुल हाउस नजिकबाट ५६ ग्राम गाँजासहित देउलालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

देउलामाथि थप अनुसन्धान गर्ने क्रममा प्रिती र खड्गबहादुर पक्राउ परेका परिसरका डिएसपी राजु पाण्डेले जानकारी दिए।  

प्रहरीले प्रितीको साथबाट ४८ किलो चार सय ५० ग्राम र खड्गबहादुरको साथबाट चार किलो ५२६ ग्राम गाँजा बरामद गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad