समाज


देशभर चिसो बढ्दै, काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम

देशभर चिसो बढ्दै, काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार २:२९,

देशभर दिनप्रतिदिन चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन्।

यसै क्रममा आज (मंगलबार) काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको तापक्रम १०.८ डिग्री सेल्सियस मापन गरिएको हो। यो यस वर्षकै कम तापक्रम भएको मौसमविद्ले बताएका छन्।

हिजो (सोमबार) काठमाडौं उपत्यकाको तापक्रम ११ डिग्री सेल्सियस थियो।

आजको मौसम
अहिले (मंगलबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

आज देशका पूर्वी क्षेत्रमा सामान्य, पहाडी भेगमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएकाे मौसमवविद् समीर श्रेष्ठले बताए। उनका अनुसार आज कतै पानी पर्ने तथा हिमपात हुने सम्भावना भने छैन।

भारतमा फैलिएको उच्च चापीय प्रणाली र सिक्किमा विकसित निम्न चापीय प्रणालीको प्रभावले पूर्वी नेपालमा मौमस बदली भएको मौसमविद् श्रेष्ठले बताए।

भोलिदेखि पश्चिमी वायु  
मौसम पूर्वानुमान महाशाखाका अनुसार एउटा कमजोर निम्न चापीय प्रणाली पश्चिम नेपालतर्फ बढिरहेको छ र भोलि धबारसम्ममा नेपालमा यसको प्रभाव देखिनेछ।

पश्चिमी वायुको प्रवेशपछि मौसम बदली भई विशेषगरी उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना हुने माैसमविद्ले बताएका छन्। 

तर यो कमजोर खालको भएकाले त्यति धेरै ठूलो प्रभाव नपर्ने माैसमविद्‍काे अनुमान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad