समाज


‘हाई प्राेफाइल’ २५ जुवाडे धराैटीमा छुटेलगत्तै पक्राउ

‘हाई प्राेफाइल’ २५ जुवाडे धराैटीमा छुटेलगत्तै पक्राउ

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार १६:६,

२ करोड ६७ लाख नगदसहित पक्राउ परेका ‘हाई प्राेफाइल’ जुवाडेलाई जिल्ला प्रशासन कार्यालय काठमाडाैंले रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेकाे छ।

साेमबार जिल्ला प्रशासन कार्यालयले धराैटीमा छाेड्नासाथ महाराजगञ्ज प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे।

सम्पत्ति शुद्दिकरण अनुसन्धान विभागकाे पत्रका आधारमा उनीहरूलाई विभागमा उपस्थित गराइने प्रहरीले जनाएकाे छ। वृत्तका डिएसपी उमेश लम्सालले पक्राउ परेका २५ जनालाई मंगलबार विभागलाई बुझाउने बताए।

वृत्तले कार्तिक ९ गते राती छापा मारेर महाराजगञ्ज पिपलमार्गमा रहेको विक्रम गौतमको घरबाट २५ जना जुवाडे पक्राउ गरेको थियो। पक्राउ परेका २५ जुवाडेहरुमा क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटा सहित सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा हुन्।

महाराजगन्जको साम्बाला होटेलपछाडि सञ्चालित जुवाको खालमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार जुवाको खालबाट प्रहरीले २ करोड ६७ लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ।

याे पनि: ‘हाइप्रोफाइल’ जुवाडेको रोदनः ‘डिएसपी’साप पैसा लैजानुस्, हामीलाई छाडिदिनुस्’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad