समाज


सडकबाट १०० मिटर तल खस्यो बस, एकको मृत्यु, २४ घाइते

सडकबाट १०० मिटर तल खस्यो बस, एकको मृत्यु, २४ घाइते

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार १४:४९,

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बेलास्थित बिपी राजमार्गमा आज अपराह्न हिमाल तराई यातायातको यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै २४ घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बनेपाबाट भकुण्डेतर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको हो। प्रहरीका अनुसार सडकबाट करीब १०० मिटर तल खस्दा बसमा यात्रारत अन्दाजी वर्ष ६५ का एक पुरुषको मृत्यु भएको छ।

बाँकी घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेकामा तीन जनाको थप उपचारका लागि काठमाडौँस्थित नर्भिक अस्पताल पठाइएको र बाँकी २१ को धुलिखेल अस्पतालमा नै उपचार भइरहेको छ। काठमाडौँ सिफारिस गरिएका नीरज कुँवर, विवेक तामाङ र राजु तामाङ तीनै जना तेमालका रहेका प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad