प्रहरीले ‘अघोरी बाबा’का नामले परिचित विजय केसीकी नवविवाहित श्रीमतीलाई पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा अघोरी बाबाका नामले चर्चित रहेका केसीकी नवविवाहित श्रीमती शारदा पाण्डेलाई ठगीको आरोपमा पक्राउ गरेको हो।
महानगरीय प्रहरी वत्त बौद्धका डीएसपी रमेशबहादुर सिंहले पाण्डेलाई पक्राउ गरेको बताए। उनले पक्राउ परेकी पाण्डेले आफ्नै श्रीमानलाई दाजु हो भन्दै चितवनकी एक युवतीको विवाह गराइदिएको र पछि विभिन्न बहानामा ऊसँग रकमको वार्गेनिङ गर्ने गरेको बताए।
‘आफ्नै श्रीमानलाई दाजु हो भनि विवाहपछि अमेरिका लैजाने सर्तमा उनले एक युवतीको विवाह गराइदिएको उजुरीका आधारमा पाण्डेलाई पक्राउ गरेका हौँ’, नेपालखबरसँग कुरा गर्दै डीएसपी सिंहले भने।
युवतीको उजुरीपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको डीएसपी सिंहले बताए। उनले पाण्डेमाथि अहिले सोधपुछ भइरहेको र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताए।

प्रतिक्रिया