समाज


जीप दुर्घटनामा पाँचको मृत्यु, १० जना घाइते

जीप दुर्घटनामा पाँचको मृत्यु, १० जना  घाइते

नेपालखबर
असार ६, २०७६ शुक्रबार ९:२४,

धादिङ जिल्लाको गल्छी गाँउपालिका – ६ बाँझगाउँमा आज दिउँसो भएको सडक दुर्घटनामा पाँचको मृत्यु भएको छ। अन्य १० जना घाइते भएका छन्।

बैरेनी बजार आउँदै गरेको बा १८ च ९४०८ नम्बरको बोलेरो जीप अनियन्त्रित भइ पल्टिदा उक्त दुर्घटना भएको हो।

धादिङ प्रहरीका अनुसार दुर्घटनामा सोही गाउँपालिकाको वडा नं.६ का २५ वर्षीया नानु तामाङ,सोही ठाउँका ३० वर्षीया कान्छी भजुेल, वडा नं.४ का ३८ वर्षीय सेते मिजार ,सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको छ भने २१ वर्षीया समीक्षा अधिकारीको उपचारका क्रममा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते हुनेलाई स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad