समाज


अपहरणकारीमाथि मध्यराती गोली प्रहार, १४ वर्षीय बालक मुक्त

अपहरणकारीमाथि मध्यराती गोली प्रहार, १४ वर्षीय बालक मुक्त

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार २:२६,

पर्साको वीरगञ्जमा अपहरणकारीमाथि गोली प्रहार गरी प्रहरीले १४ वर्षीय बालकलाई अपहरणमुक्त गरेको छ।

वीरगञ्ज उपमहानगरपालिकामा पर्ने नेपाल-भारत सीमा क्षेत्रको खलबा टोलमा गए राती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेर बालकलाई अपहरणमुक्त गरेको हो।

अपहरणकारीको साथबाट कटुवा पिस्तोल र गोलीसमेत बरामद गरिएको पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए। 

‘अपहरणकारीलाई पक्राउ गरेपछि बनेपाबाट अपहरण गरेर ल्याएका १४ वर्षीय बालकलाई सकुशल उद्धार गरिएको छ,’ एसपी राठोरले नेपालखबरसँग भने, ‘बालकको अबस्था सामान्य छ।’

बालकलाई भारत रक्सौलको हरैया भन्ने ठाउँमा एक घरमा बन्दक बनाएर राखिएको अबस्थामा अपहरणमुक्त गरिएको राठोरले बताए।

‘अहिले बालकका अभिभावक पनि हामीसँगै हुनुहुन्छ,’ उनले भने। अपहरणकारीले बालकलाई बनेपाबाट दश दिनअघि अपहरण गरेका प्रहरीले जनाएको छ।

प्रहरीले उद्धार गरिएका बालक र गोली लागेका अपहरणकारीको नाम सार्वजनिक गरेको छैन। अपहरणकारी पर्साकै भएका प्रहरीकाे भनाइ छ।

खुट्टामा गोली लागेका अपहरणकारीको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

बिहान १०ः३० बजे पत्रकार सम्मेलन गरेर घटना विवरण सार्वजनिक गर्ने राठोरले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad