छापा खबर


आइभरिकोस्टका उपराष्ट्रपतिले अचम्म मान्दै भने- ‘बुद्ध नेपालमा पो जन्मेका रहेछन्!’

आइभरिकोस्टका उपराष्ट्रपतिले अचम्म मान्दै भने- ‘बुद्ध नेपालमा पो जन्मेका रहेछन्!’

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार २:३९,

‘नेपाल आउनुअघि बुद्ध भारतमा जन्मेको भन्ने बुझेको थिएँ । यहाँ आएपछि पो थाहा भयो, त्यो तथ्य गलत पो रहेछ । बुद्ध नेपालको लुम्बिनीमा जन्मेका रहेछन्,’ नेपालको तीनदिने भ्रमण पूरा गरी मंगलबार स्वेदश फर्केका अफ्रिकी मुलुक आइभरिकोस्टका उपराष्ट्रपति डानिएल काब्लान डुन्कनले भने।

उपराष्ट्रपति डुन्कन प्लेन चार्टर गरी आइतबार काठमाडौं उत्रिएका थिए । पहिलोपटक ‘सगरमाथाको देशमा’ आउँदा उनी रोमाञ्चित भए ।

आइभरिकोस्टबाट करिब साढे ९ हजार किलोमिटर हवाई यात्रा गर्दै आएका उनले त्यहाँका करिब एक हजार मिटर अग्ला हिमाल र संसारकै सर्वोच्च ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको तुलना पनि गरे।

सन् २०१७ जनवरीमा पद सम्हालेका ७६ वर्षीय डुन्कन पोषणसम्बन्धी सेवाहरूको विस्तारका लागि आयोजित विश्व सम्मेलनमा सहभागी हुन काठमाडौं आएका थिए ।

कुराकानीका क्रममा उनले आफ्नो मुलुकका चर्चित फुटबलर डिडियर ड्रोग्बा र याया टुरेको चर्चा मात्र गरेनन्, हालै ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल एक नेपालीले ६ महिनामा चढेको भन्दै प्रशंसासमेत गरेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘दुई मुलुकबीच सम्बन्ध विस्तार गर्न अन्य विभिन्न क्षेत्र छन् । आइभरिकोस्टले नेपाललाई फुटबलमा अघि बढ्न सघाउँछ । नेपालले हामीलाई शिखर चढ्न सिकाउनुपर्छ,’ उनले भने।

 दुईपटक प्रधानमन्त्रीसमेत बनिसकेका डुन्कनले नेपाल आउन पाउँदा गज्जब लागेको बताए । नेपाल संस्कृतिको धनी मुलुक रहेको र यहाँका उच्च हिमाल विकासमा सघाउने उनको भनाइ छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad