हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशको पश्चिम क्षेत्र लगायत पहाडी भूभागमा आंशिक बदली छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा छ।
दिउँसो देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रहने बाँकी भू–भागमा आंशिक बदलि रहने विभागले जनाएको छ।
बुधबार राति देशका पश्चिमी भूभागका १–२ स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया