चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन्। गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा २० वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैँडा मरेका हुन्।
साथै माडीमा मध्यवर्ती क्षेत्र र नवलपरासीमा राष्ट्रिय वन क्षेत्रमा गैँडा करेन्ट लागेर मरेका छन्। अन्य गैँडा दलदलमा फसेर, जुधेर, बच्चालाई बाघले खाएर, बुढो भएरजस्ता कारणले मरेको उनले जानकारी दिए।
आर्थिक वर्ष २०८१र८२ मा ३० वटा गैँडा प्राकृतिक कारणले मरेका थिए। जसमध्ये दुईवटा राष्ट्रिय वन क्षेत्रमा मरेका हुन् भने अन्य निकुञ्ज र मध्यवर्ती क्षेत्रमा मरेका हुन्। सन् २०२१ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वयस्क गैँडा थिए। रासस
33
Shares

प्रतिक्रिया