सरकारले बुधबारदेखि ई-पासपोर्ट (विद्युतीय राहदानी) प्रयोगमा ल्याएको छ।
परराष्ट्र मन्त्री डा. नारायण खड्काले पहिलो ई-पासपोर्ट (विद्युतीय राहदानी) त्रिपुरेश्वरस्थित राहदानी विभागमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका छन्।
मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को ठाउँमा सरकारले ई-पासपोर्ट ल्याएको हो। यो पासपोर्ट बनाउन बुधबारबाटै अनलाइन बुकिङ खोलिएको कार्यक्रममा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए।
उनले अबको केही दिनमै सर्वसाधारणलाई पनि ई-पासपोर्ट दिइने जानकारी दिएका छन्।
सरकारले तत्कालै मेसिन रिडेबल पासपोर्टलाई तत्कालै विस्थापित गर्ने योजना भने ल्याएको छैन। दुवै पासपोर्ट वितरण जारी रहने उनले बताएका छन्। ई-पासपोर्टमा देखिने समस्या हल भएपछि मात्रै मेसिन रिडेबल पासपोर्ट बन्द गर्ने योजना सरकारले बनाएको छ।


Shares

प्रतिक्रिया