नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्माले ‘दलमा रुपान्तरण’ सम्बन्धी अवधारणा पत्र सार्वजनिक गरेका छन्।
चितवनको भरतपुर महानगरपालिका–७ कृष्णपुरमा बुधबार कार्यक्रम आयोजना गरेर उनले ‘दलमा रुपान्तरण’ सम्बन्धी अवधारणा पत्र सार्वजनिक गरेका हुन्।
यसअघि उनले असोज ३ गते गृहजिल्ला झापामा ‘राजनीतिमा परिवर्तन’ सम्बन्धी अवधारणा पत्र सार्वजनिक गरेका थिए।
चितवनबाट सार्वजनिक अवधारणा पत्रमा पाको र जेठो राजनीतिक दल कांग्रेसमा रुपान्तरणको जबर्जस्त मनोविज्ञानले अन्य सबै दलमा सकारात्मक प्रभाव पर्ने दाबी गरिएको छ।
दलहरूमा रुपान्तरणको स्पस्ट प्रभाव दलहरूको घरेलु जीवन सँगै देश निर्माणको गति, निति र प्रवृत्तिमा देखिनुपर्ने उक्त अवधारणा पत्रमा उल्लेख गरिएको छ।
‘निर्वाचनमा दलहरूले एक–अर्को माथि विजय हासिल गर्न जोड गर्नु लोकतन्त्रमा सामान्य र स्वभाविक बिषय हो। तर दलहरूले आफ्नो कमजोरीमाथि विजय हासिल गर्ने भिन्न प्रकृतिको जोड र प्रतिस्पर्धा अब भिन्न ढंगले चल्नुपर्छ,’ प्रवक्ता शर्माको अवधारणा पत्रमा भनिएको छ।
यस्ताे छ अबधारणा पत्र
Shares

प्रतिक्रिया