समाज


भूपेन्द्र बडुवाल हत्या प्रकरण : अर्का अभियुक्त विकास खड्का पनि पक्राउ

भूपेन्द्र बडुवाल हत्या प्रकरण : अर्का अभियुक्त विकास खड्का पनि पक्राउ

फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०७८ आइतबार १३:२९, काठमाडौँ

कैलालीको लम्कीका २३ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

कैलालीको टीकापुरमा चक्कुले हानेर भुपेन्द्रको हत्या गरिएको प्रकरणमा प्रहरीले लम्कीबाट विकास खड्कालाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार पक्राउ परेका अन्यको बयानका आधारमा खड्का समातिएका हुन्। 

प्रहीले यसअघि नै उक्त हत्यामा संलग्न ८ जनालाई सार्वजनिक गरिसकेको छ। इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता भएकामध्ये अझै ७ जना फरार छन्।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले पीडित पक्षको जाहेरीअनुसार फरार ७ जनाको खोजी भइरहेको बताए।

तर हत्याका मुख्य योजनाकार भनिएका नवीन रावल अझै फरार छन्। गत मंगलबार राति टीकापुर नगरपालिका-१ स्थित सिद्धार्थ होटल नजिक चक्कु हानेर लम्कीचुहा नगरपालिकाका-१ का २३ वर्षीय बडुवालको हत्या भएको थियो।

त्यसपछि प्रहरीले लम्कीचुहा नगरपालिका-३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा-१ बस्ने १८ वर्षीय निशान मल्ल र २२ वर्षीय कपिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। 

यस्तै टीकापुर नगरपालिका-१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले छन्। देवकोटाबाहेक पक्राउ अन्य ८ जनालाई हत्याको योजनामा सघाएको आरोप लागेको छ।

देवकोटा बडुवालमाथि चक्कु प्रहार गरेको आरोप लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad