समाज


भारतीय विद्रोही माओवादीका केन्द्रीय नेता मिलिन्द भीडन्तका क्रममा मारिए

भारतीय विद्रोही माओवादीका केन्द्रीय नेता मिलिन्द भीडन्तका क्रममा मारिए

नेपालखबर
कात्तिक २८, २०७८ आइतबार १३:१२, काठमाडौँ

भारतमा सशस्त्र विद्रोह गरिरहेको दल कम्युनिस्ट पार्टी अफ इन्डिया (माओवादी)का केन्द्रीय नेता मिलिन्द तेलतुम्दे मारिएका छन्। शनिबार गादचिरोलीमा भएको भीडन्तमा मारिएका २६ मध्ये उनी पनि रहेको प्रहरीलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले समाचारमा जनाएको छ। 

तेलतुम्देलाई समाउन ५० लाख भारुको पुरस्कार समेत राखिएको थियो। उनीबाहेक दुई अन्य उच्च माओवादी नेता महेश भनिने शिवजी राओजी गोता र लोकेश भनिने मंगु पोड्याम पनि मारिएको बताइएको छ। 

यी दुवै माओवादीको गादचिरोली डिभिजनल कमिटीकाा सदस्य थिए। गोतालाई पनि समाउनका लागि १६ लाख भारु पुरस्कार राखिएको थियो। त्यस्तै कम्पनी ४ का कमान्डर रहेका पोड्यामलाई समाउन २० लाख पुरस्कार राखिएको थियो। 

शनिबार १० घण्टाभन्दा बढी चलेको भीडन्त गादचिरोलीको इतिहासकै ठूलो र लामो भएको बताइएको छ। जंगलमा माओवादीको क्याम्पिङ चलिरहेको सुइँको पाएपछि सी–६० कमान्डोजको १६ वटा टोलीले अपरेसन चलाएको थियो। सो क्रममा ५ सय बढी जवान सहभागी भएको बताइएको छ। 

भीडन्तको क्रममा समातिएका माओवादीबाट मारिनेमध्ये तेलतुम्देको शव पनि रहेको थाहा भएको हो। तेलतुम्देको मृत्युलाई ठूलै उपलब्धि मानिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad