ad ad

खेल


आईसीसी टी-२० : विश्वकप छनोटको उपाधि नेदरल्यान्ड्सलाई

आईसीसी टी-२० : विश्वकप छनोटको उपाधि नेदरल्यान्ड्सलाई

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार ४:४६,

आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगिताको उपाधि नेदरल्यान्ड्सले जितेको छ।

शनिबार राति यूएईमा सम्पन्न फाइनल खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले विश्वकप छनोटको उपाधि हात पारेको हो।

१२९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गरेकाे थियाे। 

नेदरल्यान्ड्सको जितमा वेन कुपरले ४१, रियान टेन डोस्याटले अविजित ३४ र कोलिन एकरम्यानले नटआउट २९ रन बनाएका थिए। 

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन बनाएको थियो । उसका लागि लिगा सिकाले ३९ र सिसी बाउले २९ रन बनाएका थिए।

त्यस्तै तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आयरल्यान्डले नामिवियालाई २७ रनले हराएकाे छ। 

सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्स, पपुवा न्युगिनी, आयरल्यान्ड, स्कटल्यान्ड र ओमान प्रवेश गरेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .