राजनीति


गठबन्धनबिना एमालेलाई हराउन सकिँदैन, कांग्रेस पनि जोगिँदैन : बालकृष्ण खाण

गठबन्धनबिना एमालेलाई हराउन सकिँदैन, कांग्रेस पनि जोगिँदैन : बालकृष्ण खाण

फाइल तस्बिर


नेपालखबर
कात्तिक २४, २०७८ बुधबार १५:२४, काठमाडौँ

नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले ५ दलीय गठबन्धन नबनाई एमालेलाई हराउन नसकिने बताएका छन्। 

एमालेलाई हराउनकै लागि ५ दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने पनि उनले बताएका छन्। 

नेपाल महिला संघ रूपन्देहीले बुधबार भैरहवामा गरेको गरेको स्वागत तथा सम्मान कार्यक्रममा गृहमन्त्री खाण एमालेलाई हराउन सजिलो नरहेको बताएका हुन्। 

‘कांग्रेस एक्लैले एमालेलाई हराउन सजिलो छैन। पार्टीको भविष्य सुरक्षित गर्न गठबन्धनलाई निर्वाचनसम्म लानुपर्छ', प्रधानमन्त्री शेरबहादुर देउवानिकट उनले भने।

आफ्नै पार्टीका केही युवा नेताले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बोलिरहेका बेला गृहमन्त्री खाणले यस्तो बताएका हुन्। 

आगामी तीनै तहका निर्वाचनमा ५ दलीय गठबन्धन रहे मात्रै कांग्रेस सुरक्षित हुने उनले बताए। 

‘कांग्रेसले गुमेको शाख फिर्ता ल्याउन पनि गठबन्धन गरेर सुरक्षित हुन चुनावमा जानुपर्छ', उनले भने, 'यदि त्यसो नभएको अवस्थामा चुनावमा एक्लै लडेर जित्न कठिन हुन्छ।'

गृहमन्त्री खाणले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्नेमा जोड दिएका छन्। 

‘कांग्रेसलाई सबल, सक्षम र बलियो पार्टी बनाउन प्रधानमन्त्री र सभापति एउटै व्यक्ति हुनु जरुरी छ,’खाणले भनेका छन्, 'पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति भए मात्रै निर्वाचन पनि सफल हुन्छ।'

अहिलेसम्म नेपालमा स्थानीय तहदेखि केन्द्रीय निर्वाचन कांग्रेसले मात्रै गरेको बताए। खाणले ५ दलीय गठबन्धन बचाउँदै चुनावसम्म लगेर कांग्रेसलाई बलियो पार्टीका रूपमा स्थापित गर्नुपर्ने पनि जिकिर गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad