समाज


नोबेल विजेता मलाला युसुफजाईले गरिन् बेलायतमा विवाह (तस्बिरहरू)

नोबेल विजेता मलाला युसुफजाईले गरिन् बेलायतमा विवाह (तस्बिरहरू)

नेपालखबर
कात्तिक २४, २०७८ बुधबार ५:५४, काठमाडौँ

पाकिस्तानी अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता २४ वर्षीया मलाला युसुफजाईले बेलायतमा विवाह गरेकी छन्। मलालाले आसर नामका पुरुषसँग विवाह गरेकी हुन्। 

बालिकाहरूको शिक्षा क्षेत्रमा कार्यरत मलालाले आफ्नो आधिकारिक ट्विटरमार्फत बेलायतको बर्मिङ्घमस्थित घरमा आसरसँग मुस्लिम परम्पराअनुसार ‘निकाह’ (विवाह) गरेको जानकारी दिएकी हुन्।

मलालाले नेपाली समयानुसार मंगलबार राति ट्विटरमा लेखेकी छन्, ‘आजको दिन मेरो जीवनको अमूल्य दिन हो। आसर र म जीवनभर सहयात्राका लागि वैवाहिक बन्धमा बाधियौं। हामीले आफ्ना परिवारका साथ बर्मिङ्घमस्थित घरमा एउटा सानो निकाह (वैवाहिक) समारोह गर्यौं। कृपया हामीलाई आशीर्वाद दिनुहोस्। हामी आगामी यात्रा सँगसँगै गर्न उत्साहित छौं।’ 

मलाले आफ्ना पति र विवाहबारे यसभन्दा विस्तृत जानकारी दिएकी छैनन्। 

हेर्नुहोस् उनको विवाहका केही तस्बिर–

तालिबानले हत्या प्रयास गरेको थियो

पाकिस्तानमा जन्मेकी मलाला युसुफजाईलाई बालिकाको शैक्षिक अधिकारको वकालत गरेको भन्दै तालिबानले सन् २०१२ मा हत्या प्रयास गरेको थियो। त्यति बेला ११ वर्षकी उनी गोली लागेर गम्भीर घाइते भए पनि बाँच्न सफल भइन्।

तालिबानको आक्रमणपछि उपचारका लागि उनलाई बेलायतको बर्मिङ्घमस्थित अस्पताल लगिएको थियो। त्यहीँ बसेर उनले बालिका शिक्षा क्षेत्रमा अभियान थालेकी हुन्। 

कैयौं महिनाको उपचारपछि सन् २०१४ मा उनी बेलायतको नयाँ घरमा आफ्नो परिवारसँग बस्न थालेकी थिइन्। आफ्नो बुबाको सहयोगमा  मलाला कोष स्थापना गरी उनले बालिकाको शिक्षामा सहयोग गरिरहेकी छन्। 

कम उमेरमै बालिका शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै सन् २०१४ डिसेम्बरमा मलालालाई नोबेल शान्ति पुरस्कार दिइएको हाे। उनी विश्वमै सबभन्दा कम उमेरमा नोबेल पुरस्कार पाउने व्यक्ति हुन्। 

मलाले बेलायतकाे अक्सफोर्ड विश्वविद्यालयबाट दर्शन, राजनीति र अर्थशास्त्र (सन् २०२०) मा ग्र्याजुएट गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .