समाज


बसको ठक्करबाट घाइते दुवैजनाको मृत्यु

बसको ठक्करबाट घाइते दुवैजनाको मृत्यु

समाचार प्रतिनिधि तस्बिर


नेपालखबर
कात्तिक २२, २०७८ सोमबार ११:५६, काठमाडौँ

सुनसरीमा बसको ठक्करबाट घाइते भएका दुवैजनाको मृत्यु भएको छ। 

कोशी गाउँपालिका-८ भण्टाबारी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार बिहान १० बजे बसको ठक्करबाट त्यही स्थानका मोटरसाइकल चालक ३० वर्षीय अल्ताप मियाँ र पछाडि सवार ३० वर्षीय गियासुदिन मियाँ घाइते भएका थिए। 

घाइते दुवैको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। 

पूर्वबाट पश्चिम जाँदै गरेको प्र १–०१–००१ ख ३५३० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको  प्र–२–०१–००१ प ०७६३ मोटरसाइकललाई ठक्कर दिएको थियो। 

बसलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।  बस चालक झापाको कनकाई नगरपालिका-३ सुरुङ्गा का ५५ वर्षीय पुष्प अधिकारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले हिरासतमा राखेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad