हङकङ प्रहरीले समात्यो ३२ लाख डलरबराबरको सामग्री

हङकङ प्रहरीले समात्यो ३२ लाख डलरबराबरको सामग्री

नेपालखबर
कात्तिक २२, २०७८ सोमबार ११:५२, काठमाडौँ

हङकङको प्रहरीले तस्करीको लागि प्रयोग हुने गरेको मोटरबोट र त्यसका इन्जिनहरु बरामद गरेको छ।

हङकङको लुङ कवु टान क्षेत्रबाट उक्त सामग्री बरामद गरिएको हो। प्रहरीले दिएको जानकारीअनुसार १० स्पिडबोट र ५७ इन्जिन गरी समग्रमा ३२ लाख अमेरिकी डलरबराबरको सामग्री बरामद गरिएको हो। 

केही दिनअघि हङकङ प्रहरीका एक अधिकारीको समुद्री क्षेत्रमा गस्तीको क्रममा मृत्यु भएको थियो। त्यससँगै हङकङ प्रहरीले यो क्षेत्रमा छापा मार्ने क्रमलाई तीव्रता दिएको हो। 

प्रहरीका अनुसार अहिले बरामद गरिएका मोटरबोट तस्करले अवैधरुपमा मानिस ओसारपसारको लागि प्रयोग गर्दै आएका थिए। प्रहरीका अनुसार १० ओटा स्पिडबोटमध्ये सातओटा यसअघि नै मर्मत गरिएको र बाँकी स्पिडबोट पनि मर्मतको क्रममा थिए। 

हङकङमा कोभिड–१९ को महामारीको क्रममा समुद्री मार्गबाट हुने तस्करी बढेको छ। गत महिना हङकङको भन्सार विभागले १५ करोड ४३ लाख अमेरिकी डलरबराबरको अवैध सामग्री बरामद गरेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .