समाज


भारतको हेपाहा प्रवृत्ति : सुस्ताको नेपाली भूमिमै प्रवेश गरेर ड्रोन उडाइयो

भारतको हेपाहा प्रवृत्ति : सुस्ताको नेपाली भूमिमै प्रवेश गरेर ड्रोन उडाइयो

नेपालखबर
कात्तिक २२, २०७८ सोमबार १०:९, काठमाडौँ

नेपाली राष्ट्रियतालाई चुनौति दिँदै भारतले पश्चिम नवलपरासीको सुस्तामा नेपाली भूमिमै प्रवेश गरेर ड्रोन उडाएको छ। 

अन्तर्राष्ट्रिय कानुन विपरित आइतबार दिउँसो भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपालको ‘एयर स्पेस’ भित्र प्रवेश गरेर ड्रोन उडाएको हो। बिनाअनुमति अर्को देशको एयर स्पेसमा पसेर हेलिकोप्टर, ड्रोन वा अरू कुनै हवाइ उडान गर्न नपाइने अन्तर्राष्ट्रिय नियम छ।

एसएसबीले नवलपरासी (बर्दघाट पश्चिम) मा पर्ने सुस्ता गाउँपालिका–५ स्थित गण्डक ब्यारेज क्षेत्रको नेपाली भूभागमाथिको आकाशमा ड्रोन उडाएर तस्बिरहरु लिएपछि स्थानीय प्रशासनले पनि आपत्ति जनाएको छ।

गएको साउन १५ गते एसएसबीका जबानले तुइनको डोरी छिनाइदिँदा दार्चुलाको मालघाटस्थित महाकाली नदीमा बगेर बेपत्ता भएका नेपाली युवा जयसिंह धामीको खोजीका लागि नेपाली सुरक्षाकर्मीले नदीमाथि ड्रोन उडाउन अनुमति माग्दासमेत भारतले दिएको थिएन। 

अहिले सुस्ताको नेपाली आकाशमै प्रवेश गरेर एसएसबीले अनधिकृत रूपमा ड्रोनबाट तस्बिर र भिडियोहरु खिचेको हो। भारतीय सुरक्षाकर्मीले नेपाली आकाशमा बिना अनुमति ड्रोन उडाएको जानकारी आफूलाई प्राप्त भएको त्यहाँका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए। ‘एसएसबीका जवान नेपालको भूभागमा प्रवेश गरेर ड्रोन उडाएको विषयमा हामीले भारतीय समकक्षीसँग कुरा गर्ने प्रयास गरिरहेका छौँ,’ सिडिओ मिश्रले भने। 

गण्डक बाँधको एक नम्बर ठोक्करबाट नजिकै रहेको सिमलको रूखबाट उत्तर हुँदै आइतबार एसएसबीको फौज नेपाल पसेर ड्रोन उडाएको स्थानीयले बताएका छन्। त्यो सिमलको रूखलाई नेपालले अन्तर्राष्ट्रिय सीमा मान्दै आएको छ।

यस विषयमा भारतीय समकक्षी महाराजगन्जका ‘डिस्ट्रिक मजिस्ट्रेटसँग कुरा गर्ने तयारी भैरहेको र गृह मन्त्रालयलाई पनि जानकारी गराइएको प्रजिअ मिश्रले बताए। गृह मन्त्रालयले पनि नेपाली भूमिमा प्रवेश गरेर भारतीय पक्षले ड्रोन उडाएको घटनामा चासो व्यक्त गरेको छ।

मन्त्रालयलका प्रवक्ता फणीन्द्रमणि पोखरेलले यसबारे भारतीय समकक्षीसँग कुरा गर्न र सत्यतथ्य बुझेर मन्त्रालयमा जानकारी गराउन जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई निर्देशन दिइएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad