जापानमा कोभिड–१९बाट एक दिनमा मृत्यु हुनेको संख्या शून्यमा झरेको छ। स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार आइतबार कोभिड–१९ संक्रमणको कारण मृत्यु हुनेको संख्या शून्यमा झरेको हो।
सन् २०२० अगष्ट २ पछि पहिलोपटक जापानमा कोभिड–१९ संक्रमणबाट एकदिनमा मृत्यु हुनेको संख्या शून्यमा झरेको हो।
जापानमा कोभिड–१९ विरुद्धको खोप ७० प्रतिशतभन्दा धेरैले लगाएसँगै पछिल्लो समय कोरोनाका नयाँ संक्रमित तथा मृत्यु हुनेको संख्यामा उल्लेख्य कमी आएको हो।
जापानमा अहिलेसम्म कोरोना संक्रमणको कारण १८ हजारभन्दा धेरै मानिसको मृत्यु भएको छ।
जापानले मुलुकमा आगामी दिनमा कोरोना संक्रमण फैलिन सक्ने भन्दै अर्को महिनाबाट बुस्टर डोज दिने तयारी गरेको छ।
63
Shares

प्रतिक्रिया